शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

भारतमा आइतबार ३८ दिन पछि सबैभन्दा कम संक्रमित भेटिए

सोमबार, १० जेठ २०७८, ११ : १०
सोमबार, १० जेठ २०७८

भारतमा कोरोनाको दोस्रो लहरको गती क्रमशः कम हुन थालेको छ । भारतमा आइतबार २ लाख २२ हजार ७०४ जना कोरोना संक्रमित भेटिए । यो आँकडा पछिल्लो ३८ दिनमा सबैभन्दा कम हो । यसअघि १५ अप्रिलमा २.१६ जनामा कोरोनाको पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४,४५२ संक्रमितको ज्यान गएको छ । साथै, ३ लाख २ हजार ८३ जनाले संक्रमणलाई जितेका छन् ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ३ लाख पार भएको छ । अघिल्लो वर्ष १३ मार्चमा संक्रमणका कारण पहिलो मृत्यु भएको थियो । यसको १४ महिना १० दिनपछि मृत्युको संख्या ३ लाख भएको छ । हालसम्म कूल ३ लाख ३ हजार ७५१ जनाको यो महामारीका कारण मृत्यु भइसकेको छ ।

मृत्युको आँकडा थामिएको छैनः

भारतमा कोरोनाको दोस्रो लहर कमजोर भएता पनि मृतकको संख्या भने कम भइरहेको छैन । मे महिनामा हरेक दिन औसतमा ३,५०० मृत्यु भएको छ ।

एक लाख मृत्यु एक महिनाभन्दा कम समयमाः

भारतमा कोरोनाका कारण मृत्युको संख्या एक लाखसम्म पुग्नमा करिब साढे ६ महिना लागेको थियो । एकबाट दुई लाख हुनमा ७ महिनाभन्दा पनि कम समय लाग्यो । यस्तै, २ देखि ३ लाख मृत्यु एक महिनाभन्दा पनि कम समयमा भयो ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः २.२२ लाख

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.०२ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,४५२

हालसम्म कूल संक्रमित भइसकेकाः २.६७ करोड

हालसम्म निको भएकाः २.३७ करोड

हालसम्मको कूल मृत्युः ३.०३ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २७.१६ लाख

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप