बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सोनुले दिलाए बेरोजगारलाई नोकरी

सोमबार, १० जेठ २०७८, १० : ३६
सोमबार, १० जेठ २०७८

मुम्बई । अभिनेता सोनु सुद सन् २०२० देखि लगातार मानिसहरुको सहयोगमा अगाडि देखिने गरेका छन् । 

आफ्ना अगाडि कसैले केही समस्या राख्यो कि उनी उक्त समस्या समाधान गरिदिन्छन् ।

सोनुको सहयोग सिलसिला लगातार जारी रहेको छ । अहिले पनि उनको सहयोगको एक भिडियो बाहिर आएको छ । जसमा एक युवकको जागिरका लागि उनले पहल गरेर जागिर पक्का गरिदिएका छन् । 

जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल्यो नि ।’ ति युवक खुसी भएर अभिनेताको खुट्टा समेत छुन्छन् ।

कोरोनाको पहिलो होस् वा अहिलेको दोस्रो लहरको समय सोनु हरहमेसा मानिसको सहयोगमा देखिरहेका छन् । 

उनले मानिसहरुलाई अक्सिजन, इन्जेक्सन र अस्पतालमा बेड दिलाउन समेत सहयोग गरिरहेका छन् । एक दिन पहिले मात्र उनले आन्द्र प्रदेशमा कुरनुर अक्सिजन प्लान्ट सेट स्थापना गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप