शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्यातमा रेकर्ड,  १ खर्ब नाघ्यो

झण्डै साढे ११ खर्ब व्यापार घाटा
सोमबार, १० जेठ २०७८, १० : २३
सोमबार, १० जेठ २०७८

निर्यातमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको (साउन देखि बैशाख) १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो । 

निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भएपनि साँघुरिन मद्यत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेल जन्य पदार्थ प्रमुख रहेको भन्सार विभागले जनाएको छ ।  

भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालको वैदेशिक व्यापार डेनमार्क, इथोपिया,  होन्डुरस, आइल्याण्ड सहित २७ देशसँग नाफामा रहेको छ । 
मुलुकमा आयात बढ्दै गएपछि त्यसको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकले बर्षेनी व्यापार घाटा बेहोर्दै आएको छ । देशको व्यापारघाटा झण्डै बार्षिक बजेट बराबर नै पुगिसकेको छ । चौथो योजनाको लक्ष्य अनुसार पन्ध्रौं योजनाको अन्तिमसम्म मुलुकको निर्यात बढाएर १ खर्ब ८४ अर्ब पु¥याउने प्रक्षेपण गरिएको थियो । सो अवधिमा आयातलाई १५ खर्ब ६७ अर्ब पुग्ने प्रक्षेपण गरिएको थियो । तर पन्ध्रौं योजनाको शुरु तिरै मुलुकले १ खर्ब बढी निर्यातको व्यापार गर्न सकेको छ । सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्ने निति समेत लिएको छ । आयातदर बढ्दै जादा मुलुकको व्यापारघाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज समते लगाउन थालेको छ । 

सरकारले २०६४ सालदेखि १ खर्ब निर्यात पुर्याउने लक्ष्य लिएको थियो ।  भएपनि उक्त लक्ष्य अनुसार निर्यात गर्न सकेको थियो । २०६४÷६५ मा पहिलो त्रिवर्षीय योजनाको आधारमा १ खर्ब लक्ष्य लिएपनि सो वर्षमा ५८ अर्बमा सिमित भई २०६६÷६७ मा पनि ६१ अर्बमा सीमित भएको थियो ।

झण्डै साढे ११ खर्ब व्यापार घाटा
देशको वैदेशिक व्यापार घाटा अहिले झण्डै साढे ११ खर्ब पुगेको छ । चालु आर्थिक वर्षको (२०७७÷०७८) १० महिनामा २१.४८ प्रतिशतले व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेको थियो । देशले १२ खर्ब ५४ अर्बको मालवस्तु आयात गरेको छ । आयात २२.२४ प्रतिशतले बढेको हो । 
 गत वर्ष १० खर्ब २५ अर्बको आयात भएको थियो । 

आर्थिक वर्ष २०६५/०६६ मा ३ खर्ब ७५ करोड ६० लाख ५ हजार ८ सय ७० रुपैयाँ बराबरको आयात भएको मा अहिले झण्डै वार्षिक बजेट बराबर नै आयात हुन थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप