बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीले बोलाए स्थायी समितिको बैठक

सोमबार, १० जेठ २०७८, १० : १६
सोमबार, १० जेठ २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ । 
शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । बरु माधव समूह विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च जान लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप