पत्रपत्रिका
जसपामा नयाँ मोड
सोमबार, १० जेठ २०७८, ०७ : ०३
जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिसाविपरीत कार्य गर्दै गराउँदै हिँडेको भन्दै अध्यक्ष ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी सदस्य मो. इस्तियाक राईले जानकारी दिए ।
ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रस्ट पारिएको उनले बताए ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
-
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी
-
यी राष्ट्राध्यक्ष र मुख्य नेताहरू, जसले विमान दुर्घटनामा ज्यान गुमाए
-
कटकुवा मिनिबस दुर्घटना अपडेट : यी हुन् घाइते २१ जना (विवरणसहित)
-
तब्बुको हातबाट फुत्कियो पवन कल्याणको ओजी
-
बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ