बेलायतमा कोरोनाविरुद्धको ६ करोड डोज खोप वितरण
लन्डन । बेलायतमा हालसम्म ६ करोड भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । शनिबार मात्र एकै दिनमा सात लाख ६२ हजार ३६१ डोज खोप वितरण गरिएको छ, जुन कोरोना विरुद्ध खोप शुरु भएपछिको दोस्रो सबैभन्दा बढी हो । यसअघि मार्च २० मा ८ लाख ४४ हजार भन्दा बढी डोज खोप वितरण गरिएको थियो ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म ६ करोड ५ लाख ८७ हजार ९८ डोज वितरण भइसकेको छ । जसमध्ये तीन करोड ७९ लाख ४३ हजार ६८१ जनाले पहिलो र दुई करोड २६ लाख ४३ हजार ४१७ जनाले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा कुल जनसंख्याको ४३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७२ प्रतिशतले पहिलो डोज लगाएका छन्।
कोरोना विरुद्धको खोप फाइजर र एस्ट्राजेनेका हाल घातक सिद्ध भएको ‘इन्डियन भेरिएन्ट’का लागि पनि अत्यन्त प्रभावित रहेको अध्ययनले देखाएपछि बेलायतमा खोपको दोस्रो डोजलाई थप तीव्रता दिइएको छ । अध्ययनले देखाएअनुसार पहिलो डोज खोप लगाएको तीन हप्तापछि दुवै खोपहरु ३३ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको स्वास्थ्य विभागले जनाएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ५३८ पुगेको छ ।
कोरोना संक्रमणका कारण हुने मृत्यु भने विगत केहि समययता निकै कम हुँदै गएको छ । बितेको २४ घन्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७२१ पुगेको छ । हाल बेलायतका अस्पतलमा ९०८ जना संक्रमितको उपचार भइरहेको छ भने १२३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या