अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा ३ जनाको मृत्यु
आइतबार, ०९ जेठ २०७८, २३ : ०५
आइतबार ओहायोको योङ्स टाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् । पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, “आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।
सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव