शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह

आइतबार, ०९ जेठ २०७८, २२ : ४७
आइतबार, ०९ जेठ २०७८

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरुलाई आग्रह गरेको छ ।

मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टाइनी पक्षहरू सहमत भएकाले शो युद्धबिरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले ध्यानाकर्षण गराएको हो ।

सुरक्षा परिषद्ले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ । ११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८ जनाको मृत्यु भएको थियो ।

घटनामा करिब २ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । इजरायली र प्यालेस्टिनीहरुबीच चर्चको स्वामित्व विवादका कारण युद्ध भएको बताइएको छ । यसैबीच युद्धविराम भएपनि गाजा क्षेत्रमा दुई पक्षीय झडपहरू भएकोप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप