बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता सम्बन्धी अध्यादेशको महन्थ ठाकुरद्वारा स्वागत

आइतबार, ०९ जेठ २०७८, १९ : ५२
आइतबार, ०९ जेठ २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसको स्वागत गरेका छन् ।  अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षौँ प्रतिक्षा पछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं ।’ 

त्यसैगरि जनकपुरमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् ।  उनीहरुले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नारा पनि लगाएका छन् । अध्यक्ष ठाकुर र नेता महतोको अडानका कारण जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने भयो भन्दै खुसीयाली मनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप