शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावको पक्षमा राप्रपा, निष्पक्ष वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग

आइतबार, ०९ जेठ २०७८, १८ : २८
आइतबार, ०९ जेठ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य व्यवस्था समितिको बैठकले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको बताउँदै बैठकले  कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको पनि जनाएको हो ।

बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्वार भैरहेको संविधानको अवहेलनाको परिणाम स्वरूप फेरि दोस्रो पटक प्रतिनिधि सभा विघटन हुन पुगेको निष्कर्ष निकालेको छ । 'विगत केही वर्षयताको घटनाक्रमहरूको कारण वर्तमान संविधान र व्यवस्थाको औचित्य माथि नै बारम्बार गम्भीर प्रश्नचिन्ह खडा भएको छ । अहिले देशमा जुन परिस्थितिको बिकास भएको छ, त्यसको मूल जरो कथित बाह्र बुँदे सहमति, सो समझदारीको जगमा खडा गर्न खोजिएको राजनीतिक प्रणाली, हिन्दु राष्ट्र र  राजसंस्थालाई षडयन्त्रपूर्वक हटाउने कार्य तथा सो परिवर्तनका संवाहकहरूको सत्तालिप्सा र आमजनताप्रतिको उपेक्षा हो,' विज्ञप्तिमा भनिएको छ ।

बैठकले राज्यको सम्पूर्ण शक्ति र श्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न, तथा आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि सरकारसँग माग गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप