शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छ : प्रधानमन्त्री ओली

आइतबार, ०९ जेठ २०७८, १७ : ००
आइतबार, ०९ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए ।

उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसँग छलफल भइरहेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छन् । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार  ८० जनाले खोपको दोस्रो  र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप