शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्ल्याक फंगसः न स्टेरोइड, न अक्सिजन सपोर्ट; दुई दिनको समस्यामा ज्योति गुम्यो, आँखा बाहिर आउन थाल्यो

आइतबार, ०९ जेठ २०७८, १६ : ५०
आइतबार, ०९ जेठ २०७८

भारतको बिहारको आरा जिल्लाको एउटा गाउँमा ४० वर्षकी महिलालाई २० दिन अघि ज्वरो आयो र उनले गाउँको मेडिकल स्टोरबाट किनेको औषधी खाएर निको भइन् । न कोरोना परीक्षण भयो न कुनै समस्या देखियो । तर दुई दिनपछि महिलाको आधा अनुहार दुख्न सुरु भयो । त्यसपछि पीडा देखिएको देब्रे आँखाको ज्योति गुम्यो, साथै बाहिर निस्कन थाल्यो । यो देखर डाक्टर पनि चकित भए । शुक्रबार महिलाको सीटी स्क्यान गरियो तब ब्ल्याक फंगस भेटियो । त्यसपछि महिलालाई पटना एम्स रिफर गरियो ।

डाक्टर पनि चकितः

आराको कौशल्या समय अस्पतालमा महिलाको उपचार गर्ने न्यूरो फिजिशियन डा. अखिलेश सिंहले यसले आफूलाई नै चकित बनाएको बताए । उनी भन्छन्, ‘महिलाको कुनै यस्तो हिस्ट्री छैन जसले ब्ल्याक फंगसको विषयमा आशंका पैदा हुन्छ । ’ पीडित संगिता देवीका अनुसार उनलाई कुनै समस्या थिएन ।

डा. अखिलेशका अनुसार उनको आँखाको ज्योति दुई दिनभित्रै गुमेको हो । सुरुमा ज्योति गुम्यो त्यसपछि आँखा बाहिर आयो । डाक्टरका अनुसार महिलाको हिस्ट्री र यो लक्षणले थोरै फंगसको शंका हुँदा सीटी स्क्यानको सल्लाह दिइयो । महिलाले पटनामा सीटी स्क्यान गर्दा फंगसबारे थाहा भयो ।

डा. अखिलेशका अनुसार यदि कोरोना संक्रमित हुनुहुन्थ्यो र निको हुनुभएको छ भने निकै सावधान हुन आवश्यक छ । डाक्टरको सम्पर्कमा रहनुपर्नेछ र बच्ने उपाय अवलम्बन गर्नुपर्नेछ । यदि कोही सुगर र रक्तचापका साथै अन्य गम्भीर रोगले ग्रसित हुनुहुन्छ भने उनीहरुले विशेष ध्यान दिनुपर्छ । खानपिन र व्यायामको विषयमा सावधानी अपनाउनुपर्नेछ ।

बिरामी नभएपनि लक्षणमा निगरानी राख्नुपर्छः

कोरोना वा अन्य कुनै रोग बिना पनि ब्ल्याक फंगसजस्तो लक्षण देखिँदा डाक्टरले यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्ने बताए । डाक्टर भन्छन्, ‘कोरोना हुँदा पनि कसैलाई लक्षण देखिँदैन । यस्ता बिरामीलाई बढी खतरा हुन्छ । त्यसैले कुनै पनि लक्षण देखिन्छ भने डाक्टरसँग सम्पर्क गरेर परीक्षण गनुहोस् । सुरुवाती समयमा रोगबाट पत्ता लाग्दा उपचार सहज हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप