शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिनको असरलाई थप बढाउने खानेकुरा, प्रतिरोधी क्षमता हुनेछ बलियो

आइतबार, ०९ जेठ २०७८, १६ : १७
आइतबार, ०९ जेठ २०७८

कोरोनाभाइरसको दोस्रो लहरबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र तरिका हो । नेपालमा पनि खोप अभियान त चलिरहेकै छ तर यहाँका सिमितमा मात्रै यसको पहुँच छ । यहाँ भारत र चीनको गरी दुई थरीको भ्याक्सिन लगाइँदै छ । चिनियाँ भ्याक्सिनका खासै केही साइड इफेक्ट देखिएका छैनन् तर भारतीय भ्याक्सिन लगाएपछि केही साइड इफेक्ट देखिएको धेरैले बताएका छन् । भारतीय भ्याक्सिन लगाएपछि टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने वा थकान महसुस भइरहेको छ । डाक्टरले डाइट र रुटीनमा ध्यान दिएर यी साइड इफेक्टलाई कम गर्न सक्ने बताएका छन् । आउनुहोस्, खानपिनका कुन कुराले साइड इफेक्ट कम हुन्छ, प्रतिरोधी क्षमता बलियो हुन्छ र भ्याक्सिनको असर बढी हुनसक्छ भन्नेबारे जानकारी लिऔं ।

प्याज र लसुनः

प्याज र लसुन दुबैलाई इम्युनिटी बुस्टर मानिन्छ । भ्याक्सिन लगाएपछि खानामा यसलाई समावेश गर्नुहोस् । काँचो लसुनमा म्यागनिज, भिटामिन बीसिक्स, फाइबर, सेलेनियम, भिटामिन सी र केही मात्रामा क्याल्सियम, कपर, पोटासियम, आइरन र फोस्फोरस हुन्छ । यसमा एन्टीअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । यस्तै, प्याजमा पनि भिटामिन सी भरपुर मात्रामा पाइन्छ ।

फलफूलः

जुन फलफूलमा पानीको मात्रा धेरै हुन्छ, त्यसले भ्याक्सिनको साइड इफेक्ट काम गर्ने गर्छ । यी फल ताजा र पर्याप्त मात्रामा खानुपर्छ । खरबुजा, अंगुर, भुइँकटहर, आँप र केरा यस्ता फल हुन् जसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ ।

स्वास्थ्य विज्ञका अनुसार भ्याक्सिन लगाउनु अघि र पछि शरीरलाई हाइड्रेट राख्न अत्यावश्यक छ । यसो हुँदा भ्याक्सिनको साइड इफेक्ट कम महसुस हुन्छ । यस्ता फलफूलले प्रतिरोधी क्षमता बढाउँछ । यसले भ्याक्सिनको असरलाई थप बढाउन सक्छ । यस्ता फलफूललाई नास्ताको रुपमा खानुहोस् ।

हरियो सागसब्जीः

कुनै पनि साइड इफेक्टबाट बच्नका लागि सन्तुलित आहार लिन आवश्यक छ । हरियो सागसब्जीले प्रतिरोधी क्षमता बढाउँछ र यी पोषक तत्वले भरपुर हुन्छन् । यो आन्द्राका लागि पनि निकै राम्रा हुन्छन् । यदि तपाईंले भ्याक्सिन लगाएर आउनुभएको छ भने खानामा हरियो सागसब्जी समावेश गर्ने कोसिस गर्नुहोस् ।

हरियो सागसब्जीलाई पकाएर वा सलादको रुपमा काँचै पनि खान सकिन्छ । तपाईं यसको सुप बनाएर पनि खान सक्नुहुन्छ । तपाईंको प्लेटमा जति धेरै हरियो सागसब्जी हुन्छ, तपाईंले आन्तरिक रुपमा त्यति नै मजबुती पाउनुहुन्छ ।

बेसारः

बेसारलाई नेचुरल इम्युनिटी बुस्टर मानिन्छ । यसले तनाव कम गरेर, पाचन क्रियालाई सही राख्ने र शरीरलाई सुन्निनबाट जोगाउने काम गर्छ । धेरैजसो घरमा खानामा बेसारको प्रयोग गर्ने चलन छ तर यसलाई अन्य तरिकाले पनि सेवन गर्न सकिन्छ ।

दिउँसो एक वा दुई पटक काढामा बेसार राखेर पिउन सक्नुहुन्छ वा तपाईं राती सुत्नुअघि बेसार हालिएको दुध पिउन सक्नुहुन्छ ।

पानीः

भ्याक्सिन लगाएपछि आफूलाई हाइड्रेट राख्न अत्यावश्यक छ । यसो गर्दा तपाईंको शरीर सक्रिय रहनेछ र साइड इफेक्ट पनि कम महसुस हुनेछ । स्वास्थ्य विज्ञका अनुसार भ्याक्सिन लगाउनु एक दिन अघि र त्यसको केही दिन पछिसम्म पनि धेरैभन्दा धेरै पानी पिउनुपर्छ ।

ध्यानमा राख्नुहोस् कि तपाईंले चिसो पानी भने पिउने होइन । पिउने पानी सामान्य तापक्रममा हुनुपर्छ । पानीबाहेक तपाईं अन्य पनि धेरै लिक्विड डाइट लिन सक्नुहुन्छ जस्तै कि घरमा बनेको सूप, हर्बल टी, काढा, जूस र शेक्स ।

गेडागुडीः

फाइबरले भरपुर गेडागुडीले भ्याक्सिनको साइड इफेक्टलाई कम गर्नुका साथै असरलाई तीब्र रुपमा बढाउँछ । गेडागुडी, ब्राउन राइस, मकै, भटमास, ओट्स आदि खानामा समावेश गर्नुहोस् ।

मिठो निद्राः

भ्याक्सिन लगाउनु एकदिन अघि मिठो निद्रा आवश्यक छ । डाक्टरका अनुसार मज्जाले ननिदाउनुको असर प्रतिरोधी क्षमतामा पर्छ जसका कारण भ्याक्सिनको साइड इफेक्ट बढी महसुस हुन्छ । भ्याक्सिन लगाएपछि धेरैजसो मानिसहरुलाई थकान महसुस हुन्छ । त्यसैले भ्याक्सिन लगाएपछि पनि शरीरलाई पूरा आराम दिन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप