सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दलहरुलाई ओलीको व्यङ्ग्य– मोर्चा कसेर मुद्दा हाल्ने !

आइतबार, ०९ जेठ २०७८, १५ : ०९
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेकोमा व्यङ्ग्य गरेका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरै जनाले मोर्चा कसेर बल पु¥याएर मुद्दा हाले पनि त्यही हो ।’ उनले युद्धको मैदानमा मोर्चा कस्नुको अर्थ हुने भए पनि न्यायका लागि मोर्चा कस्न आवश्यक नरहेको बताए । एकजनाले नै मुद्दा हाले पनि न्याय पाउने ठाउँ रहेमा न्यायालयले उसलाई न्याय दिने उनको भनाइ थियो ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा दायर हुने अवस्था नै नरहेको टिप्पणीसमेत गरे ।  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बन्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनको अर्को कुनै विकल्प संविधानमा नरहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप