दिपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ
गण्डकी प्रदेशका नवनियुक्त यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले सपथ लिएका छन । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा आइतबार नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन ।
मुख्यमन्त्री गुरुङले दिपक मनाङेसहित ५ मन्त्रीलाई जेठ ५ गते नियुक्त गरेका थिए । सोही दिन अन्य ४ जना मन्त्रीले सपथ लिएका थिए । तर, मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् । मुख्यमन्त्री गुरुङले धरापमा परेको आफ्नो सत्ता बचाउनका लागि गत वैशाख १६ गते मनाङेलाई सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलोपटक मन्त्री बनाएका थिए । मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएको १० दिनमा राजीनामा दिएपछि उनको दश दिनमै पद गएको थियो ।
दश दिनमा पद गुमाएका उनै मनाङेलाई दोश्रो पटक निरन्तर मन्त्री बनाइएको हो । सपथ ग्रहणलगतै मन्त्री गुरुङले मन्त्रालयमा पुगेर पदभार ग्रहण समेत गरेका छन । योसहित उनले दोश्रो पटक गण्डकी प्रदेश सरकारमा यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन ।
सपथ ग्रहणपछि कुरा गर्दै मन्त्री गुरुङले प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय नयाँ संरचना भएकोले मन्त्रालयलाई प्रशासनिक रुपमा चुस्त राख्न पहिलो प्रयास हुने बताए । यसैगरी प्रदेशको खेलकुदलाई अझै व्यवस्थित बनाउँदै आगामी वर्षको बजेटमा खेलकुदलाई प्राथमिकतामा राख्दै आवस्यक भौतिक पूर्वाधार लगायतका कामलाई अगाडी बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक