बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रम ओलीको दाबी– राष्ट्रपतिको स्वविवेकीय अधिकारविरुद्ध कतै उजुरी लाग्दैन

सोमबार, १० जेठ २०७८, ०० : १७
सोमबार, १० जेठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको संवैधानिक धारा प्रयोगमा कतै उजुरी नलाग्ने दाबी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था रहेको दावी गरे ।

आइतबार पत्रकार सम्मेलनमा उनले संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पारे ।

उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनले दावी गरे । उनले भने, ‘राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने योमात्र एउटा ठाउँ हो । त्यसविरुद्ध कहीँ उजुरी लाग्ने वा हेरफेर गर्ने ठाउँ हुँदैन ।’

उनले प्रतिनिधिसभा विघटनविरुद्ध अहिले अपव्याख्या हुन थालेको पनि टिप्पणी गरे । उनले भने, ‘न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरेर अपव्याख्यामा उत्रिनु दुःखको कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप