मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आफूले पाउने तलबबाट स्वास्थ्य सामाग्री खरिद गर्ने मेयर, जसले नगरपालिकामा स्थापना गरे २५ शैयाको आइसोलेशन सेन्टर

आइतबार, ०९ जेठ २०७८, १४ : ५२
आइतबार, ०९ जेठ २०७८

बागचौर । सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले आफूले पाउने तलब नगरपालिकाका लागि स्वास्थ्य सामाग्री खरिदमा लगाएका छन् ।  उनले नगरपालिकामा संचालित २५ शैयाको आइसोलेशन सेन्टरका लागि व्यक्तिगत लगानीमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ६० हजार सर्जिकल मास्क, ३ सय केएन नाइन्टी फाइभ मास्क र १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्डल स्ट्यान्ड ल्याएका हुन् ।

बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरमा ८ थान ठूला अक्सिजन सिलिन्डर आइसकेका छन् भने १२ वटा आउँदै गरेको बुढाथोकीले जानकारी दिए । उनले आफूले पाउने तलब व्यक्तिगत रूपमा नलिएर सम्पूर्ण रकम जनताको सेवामा लगाउने उद्घोष गरेसँगै स्वास्थ्य स्वास्थ्य सामाग्री खरिद गरेका हुन् ।

यस अगाडि पनि मेयर बुढाथोकीले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाएको कोषमा ४ लाख ५० हजार जम्मा गरेका थिए । अहिले खरिद गरिएको सामाग्री ६ लाख ६४ हजार बराबरको रहेको छ ।

मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत यस कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई उपलब्ध गराउने मेयर बुढाथोकीले बताएका छन् ।

बागचौर नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ शैयाको आइसोलेशन सेन्टर सञ्चालन गरेको छ । आइसोलेसन सेन्टरमा १ जना मेडिकल अधिकृत, ४ जना हेल्थ असिस्टेन्ट, २ जना स्टाफ नर्स, ३ अनमी सहितको स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी सहितको टिम परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप