मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुट्यो

आइतबार, ०९ जेठ २०७८, २३ : ५१
आइतबार, ०९ जेठ २०७८

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा रहेको विपक्षी गठबन्धनले सांसदको नागरिकता र हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको जनाएको छ । 
आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुटेको छ । यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएके बताइएकामा ६ जनाले भने आज हस्ताक्षर नगरेको बताइएको छ । 

एमालेका नेताहरुका अनुसार ६ जनाले हस्ताक्षर नगरेपनि उनीहरुले पहिले गरेको हस्ताक्षर रहेको र सोहीअनुसार प्रतिबद्धता जनाउन लगाउने प्रयास भइरहेको छ । 
नेताहरुका अनुसार ती ६ सांसदले हस्ताक्षर नगरेपनि देउवाको पक्षमा हस्ताक्षरको बहुमत भने जुटिसकेको छ । 

बिहानैदेखि सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप