शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘रिफर एन्ड अर्न’ अफरका साथ ग्यापुका ग्राहकलाई जी–क्यास

आइतबार, ०९ जेठ २०७८, १४ : ३६
आइतबार, ०९ जेठ २०७८

काठमाडौं ।  अनलाइन सपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘रिफर एन्ड अर्न’ अफरको सुरुवात गरेको छ । 

यस अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जी–क्यास संकलन गरेर सामानहरु खरिद गर्दा थुप्रै रिवार्ड र छुट प्राप्त हुने ग्यापु मार्केटप्लेसका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले बताए। 

जी–क्यास कमाउनका लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकहरुले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरे वापत आफ्नो पहिलो खरिदमा छुट साथै विभिन्न रिर्वाडहरु पाउन सक्ने खड्काले बताए । 

ग्यापु एपमा दर्ता भएका जो सुकै ग्राहकले पनि यो अफरमा सहभागि हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर्ड गरेपछि त्यसलाई भेरिफाई गर्न सकिन्छ । 

आफ्नो एकाउन्ट इमेल अथवा मोवाइल नम्बरबाट भेरिफाई भइसकेपछि ग्राहकले आफ्ना साथीहरुलाई ग्यापु एप रिफर गरेर जी–क्यास कमाउन सक्नेछन् । 

जी–क्यास ग्यापुले ल्याएको क्यास रिवार्ड अफर हो जुन ग्यापुबाट सामानहरु खरिद गर्ने बेलामा मात्र प्रयोग गर्न सकिनेछ । 

ग्यापु एप डाउनलोड गर्ने वित्तिकै ग्राहकले आफ्नो खातामा ५० रुपैयाँको जी—क्यास प्राप्त गर्नसक्नेछन् भने मोबाइल भेरिफाई गरिसके पछि थप ५० पनि प्राप्त गर्नेछन् । हरेक ग्राहकले यसरी आफुले ग्यापु मोबाइल एप डाउनलोड गर्दा १०० बोनस प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरि प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप रु ५० प्राप्त गर्नेछ । जति धेरै रिफर गर्न सक्यो त्यति नै धेरै जि—क्यास प्राप्त हुनेछ । ग्यापु रिफर लिंक ह्वाट्स एप, म्यासेन्जर, भाइबर लगायत सामाजिक सञ्जालमार्फत सेयर गर्न सकिनेछ । 

रिफर मार्फत डाउनलोड गरिएको ग्यापु एकाउन्टको जी–क्यासमा १०० ब्यालेन्स हुनेछ भने सोही लिंक रिफर गर्दा थप २० रुपैयाँको ब्यालेन्स एकाउन्टमा जम्मा हुनेछ । रिफर गरेको साथीले ग्यापु एप डाउनलोड गरेर आफ्नो मोबाइल र इमेल अकाउन्ट भेरिफाई गरेपछि मात्र त्यो रिफर गरेको मान्य हुने कम्पनीले जनाएको छ । 

त्यस्तै निषेधाज्ञाको समयमा घर घरमा निःशुल्क डेलिभरी गर्दै आएको ग्यापुले २०७८ साल भित्रमा मोबाइल एप डाउनलोड गर्नेहरु मध्ये एक जनालाई नयाँ कार उपहार दिने घोषणा पनि गरिसकेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप