शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध अझै बाँकी छ’

आइतबार, ०९ जेठ २०७८, १३ : ४४
आइतबार, ०९ जेठ २०७८

देशको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भएको छ । यस्तै, घट्दो संक्रमण दरका बीच लकडाउन बढाउने वा समाप्त गर्ने संशय अब समाप्त भएको छ । आइतबार केजरीवाल सरकारले एकपटक पुनः लकडाउन बढाउँदै यसलाई एक हप्ता थप लागू गर्ने आदेश दिएका छन् । यस्तोमा अब दिल्लीमा ३१ मेसम्म प्रतिबन्ध जारी रहनेछ ।

मुख्यमन्त्रीले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेदेखि अनलकको प्रतिक्रिया सुरु गर्ने बताएका छन् । १८ अप्रिलदेखि दिल्लीमा सुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो तर यसअघि नै मुख्यमन्त्रीले यसलाई एक हप्ता थप बढाउने घोषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको बताएका छन् । उनले भने, ‘अप्रिलमा संक्रमण दर ३७ प्रतिशत पुगेको थियो, आज मानिसहरु कम संक्रमित भइरहेका छन् । पछिल्लो २४ घण्टामा १६०० नयाँ संक्रमित भेटिएका छन् ।’

भ्याक्सिनको कमीः

केजरीवालले भ्याक्सिनको कमीको विषयमा पनि कुरा गरेका छन् । उनले भ्याक्सिनको अत्यधिक कमी भएको तर भ्याक्सिनको समस्या सबैजना मिलेर समाधान गर्ने बताएका छन् । उनले भने, ‘युद्ध अझै बाँकी छ । अहिले पनि एक हजारभन्दा बढी केस आइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप