शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेखाको प्रश्न- ‘जनताले आफ्नो धैर्यताको सीमा तोडने बेला आएन र ?’

आइतबार, ०९ जेठ २०७८, १३ : २४
आइतबार, ०९ जेठ २०७८

काठमाडौंँ । देशमा यतिबेला कोरोनाले आतङ्क मच्चाएको छ । । अस्पताल र अक्सिजनको अभावमा सर्वसाधारण छट्टपटाइरहेका छन् । कोरोना नियन्त्रणमा लाग्नुपर्ने हाम्रा राजनीतिक दलका नेताहरु अहिले सत्ता टिकाउने र हत्याउने खेलमा छन् । जसले गर्दा आम जनतामा निराशा र आक्रोश पैदा गराएको छ ।

लोकप्रिय अभिनेत्री रेखा थापाले मानवजाति र महामारी बीचको लडाईँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्नु लाजमर्दो भएको बताएकी छन् । रेखाले सामाजिक सञ्जालमा एक स्टाटस् पोष्ट गर्दै अहिलेको राजनीतिक दौड आपतमा रहेको जनताको हितमा नरहेकामा दुःख ब्यक्त गरेकी छन् । 

‘देश कोरोनामा महामारीको कहाली लाग्दो आतंकमा छ । मानवजाति र महामारी बीचको लडाईँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधूप पनि चलेकै छ’ उनले अगाडि लेखेकी छन् ‘नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वास त पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिँदैनन् ।’

राजनीतिले आफुलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुञ्जेल आम जनता सधैं निरीह रैती मात्र हुने भए रहेको बताएकी रेखा अगाडि थपिन् ‘यस्तो बेलामा पदको पछाडि होइन । आफुले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? । लाखौं मान्छेले मत दिएका माननीय अनि पार्टीहरु– गुनासो र गाली गर्ने चौतारो हुन् ? । लासहरुले पनि हृदय नछुने पापी ब्यबस्थामा अब राजनीति झन् घृणित हुने देखिन्छ ।’

यी अनुहार सिंहदरबार छिरेको कति बर्ष भयो ? जनताको रक्षाको लागि यिनीहरुले आफ्नो आफ्नो पालामा के–के गरेका थिए ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को–को जिम्मेवार छन् ? लगायतका प्रश्न समेत उठाएकी रेखाले हिसाब ब्यक्ति र व्यवस्था दुबै हुनुपर्ने तर्क समेत अगाडि सारेकी छन् । उनी भन्छिन्– ‘जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ?’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप