२ अर्ब ७० करोडको तयारी औषधि आयात
आइतबार, ०९ जेठ २०७८, १३ : १५
काठमाडौं । वैशाखदेखि जेठको पहिलो हप्तासम्म २ अर्ब ७० करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गत बैशाख १ गतेदेखि जेठ ६ गतेसम्मको आयातको विवरण सार्वजनिक गर्दै मन्त्रालयले कुल २ अर्ब ७० करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको जनाएको हो ।
विभागका अनुसार यस्तो आयात जेठको पहिलो हप्तामा मात्रै ६ करोड ८३ लाख रुपैयाँ बराबरको रहेको जनाएको छ । त्यस्तै सोही अवधिमा ७९ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको औषधिजन्य कच्चा पदार्थ समेत आयात भएको विभागले जनाएको छ ।
यता कोभिड–१९ को तिब्र संक्रमण रोकथाम र उपचारलाई विशेष प्राथमिकता दिने उद्देश्यले सरकारले स्वास्थ्य सम्बन्धित औषधि, मेडिकल सामाग्री तथा उपकरणहरुको आयातमा तिब्र भन्सार जाँच पासको सुविधा प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य