बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

२ अर्ब ७० करोडको तयारी औषधि आयात

आइतबार, ०९ जेठ २०७८, १३ : १५
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । वैशाखदेखि जेठको पहिलो हप्तासम्म २ अर्ब ७० करोड रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  गत बैशाख १ गतेदेखि जेठ ६ गतेसम्मको आयातको विवरण सार्वजनिक गर्दै मन्त्रालयले कुल २ अर्ब ७० करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको जनाएको हो । 

विभागका अनुसार यस्तो आयात जेठको पहिलो हप्तामा मात्रै ६ करोड ८३ लाख रुपैयाँ बराबरको रहेको जनाएको छ । त्यस्तै सोही अवधिमा ७९ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको औषधिजन्य कच्चा पदार्थ समेत आयात भएको विभागले जनाएको छ । 

यता कोभिड–१९ को तिब्र संक्रमण रोकथाम र उपचारलाई विशेष प्राथमिकता दिने उद्देश्यले सरकारले स्वास्थ्य सम्बन्धित औषधि, मेडिकल सामाग्री तथा उपकरणहरुको आयातमा तिब्र भन्सार जाँच पासको सुविधा प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप