एयरलाइन्समा नेपालमै उत्पादित दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन मन्त्री अर्यालको निर्देशन
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एयरलाइन्सहरुमा नेपालमै उत्पादित बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन सम्वन्धित निकायहरूलाई निर्देशन दिएकी छन् । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।
मन्त्री अर्यालले भनिन्, ‘नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दही लगायतका सामाग्री बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको पाइयो । यी कुरालाई रोक्न स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिनुपर्ने छ । यसले हाम्रो उत्पादन प्रयोग गर्ने दिशामा अगाडि बढेको । यसको प्रगति १ हप्तामा तयारी गर्न निर्देशित गर्दछु ।’
उनले एयरलाइन्सलाई विक्री वितरण गर्ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि निर्देशन दिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल