शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा धमाधम हस्ताक्षर संकलन, तस्बिरमा हेर्नुहाेस्

आइतबार, ०९ जेठ २०७८, १३ : ०४
आइतबार, ०९ जेठ २०७८

सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका हुन् । यस्तै माधव नेपाल पक्ष पनि सोही प्रयोगमा जुटिरहेका छन् ।

  
हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका सांसदहरु दिउँसो १ बजे सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध  विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जान लागेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप