बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नयाँ भेरियन्टले कोरोनाविरुद्धको खोपको प्रभावकारीतालाई चुनौती दिन सक्छ

आइतबार, ०९ जेठ २०७८, ११ : ४२
आइतबार, ०९ जेठ २०७८

विश्वमा कोरोनाभाइरसले स्वरुप परिर्वतन गर्दै जाँदा यसको घातकता बढ्दै गएको छ । हाल विश्वका ३० भन्दा बढी देशमा कोरोनाभाइरसको ‘बी १.६१७’ म्युटेसन पाइएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । नेपालमा पनि कोरोनाभाइरसको ‘बी १.६१७’ म्युटेसनअन्तरगत ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । पछिल्लो समय नेपालमा संक्रमण दर बढ्नु र संक्रमण्को घातकता बढ्नुमा यिनै भेरियन्ट जिम्मेवार त होइन ? यी भेरियन्टले कोरोनाविरुद्धको खोपको प्रभावकारीतालाई कायम रहन दिन्छ ? प्रश्न उठिरहेको छ ।

प्रस्तुत छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनकै शब्दमा कोरोनाभाइरसको नयाँ भेरियन्ट र नेपालमा त्यसको प्रभावबारे गरिएको टिप्पणीको सम्पादित अंश–

पहिला कोरोनाभाइरसको ‘डबल म्युटेन्ट भेरियन्ट’ भनेर खुब नाम चलेको थियो । पछि गएर त्यो ‘बी १.६१७’ भयो । त्यसको थप म्युटेसन भएर भाइरसको अर्को हाँगा बन्दै यतिखेर ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ आएको छ । यी दुवैलाई विश्व स्वास्थ्य संगठनले एक हप्ता अगाडि ‘भेरियन्ट अफ कन्सर्न’ भन्ने श्रेणीमा राखिसकेको छ ।

‘भेरियन्ट अफ कन्सर्न’ भनेको यसले पहिलाभन्दा तीव्र गतिमा फैलन सक्ने, पहिलाको भन्दा जटिल र घातक बन्न सक्ने, एन्टिबडीले राम्रोसँग काम गर्न नसक्ने, प्रयोगशालाहरूमा पीसीआर गर्दा पनि चुनौती दिन सक्ने हो । शरीरमा भाइरस भए पनि पीसीआर गर्दा नेगेटिभ नतिजा देखाइदिने र कोरोनाविरुद्धको खोपको क्षमतालाई पनि चुनौती दिने भएकाले नै यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनिएको हो ।

नेपाल र छिमेकी राष्ट्र भारतमा संक्रमणको सिनारियो एकैखालको देखिएको छ । यो नयाँ भेरियन्ट बेलायतमा देखिएको भए वर्तमान अवस्था तलमाथि हुन्थ्यो होला । तर भारत र नेपालमा संस्कारदेखि लिएर जीवनशैली लगभग एउटैजस्तै भएकाले संक्रमणको अवस्था भारतमा जस्तै नेपालमा पनि हुन सक्छ भनिएको हो ।

‘बी १.६१७’ एउटा भेरियन्ट हो भने त्यसबाट पनि छुट्टिएर अझ म्युटेसन भएर ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ अर्को भेरियन्ट बनेको हो ।

बेलायती वैज्ञानिकहरुका अनुसार भेरियन्टको पनि सबभेरियन्ट अर्थात् उपप्रजातिचाहिँ ‘बी १.६१७’ भन्दा पनि ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ ५० प्रतिशत बढी तीव्र गतिमा सर्नसक्छ ।

हाल नेपालमा देखिएको नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ अधिकांशमा देखिएको छ । नेपालमा गरिएको नमुना परीक्षणमध्ये ९७ प्रतिशतमा ‘बी १.६१७.२’ देखिएको छ ।

किन यसरी नेपालमा सबै उमेर समूहमा संक्रमण देखियो, छोटो समयमा किन धेरै संक्रमित बिरामी अस्पताल भर्ना हुन पुगे भन्ने प्रश्न विगतमा खडा भएको थियो । नयाँ भेरियन्टकै कारण यो अवस्था सिर्जना भएको हुन सक्छ ।

स्वास्थ्य संगठनको सहयोगमा ३५ वटा नमुनाको मात्रै जिन सिक्‍वेन्सिङ गर्दा ९७ प्रतिशतमा ‘बी १.६१७.२’ नयाँ भेरियन्ट देखिएको छ । नेपालमा यही नयाँ भेरियन्टको संक्रमणले गर्दा वर्तमान अवस्था सिर्जना गरेको हो भन्ने लाग्छ ।

नेपाल र छिमेकी राष्ट्र भारतमा संक्रमणको सिनारियो एकैखालको देखिएको छ । यो नयाँ भेरियन्ट बेलायतमा देखिएको भए वर्तमान अवस्था तलमाथि हुन्थ्यो होला । तर भारत र नेपालमा संस्कारदेखि लिएर जीवनशैली लगभग एउटैजस्तै भएकाले संक्रमणको अवस्था भारतमा जस्तै नेपालमा पनि हुन सक्छ भनिएको हो ।

भारतमा कुम्भ मेला, देशका विभिन्न भागमा राजनीतिक कार्यक्रममा नाराजुलुश हुँदा जुन ढङ्गबाट संक्रमण फैलिएर घातकता देखियो, नेपालमा पनि मेला, राजनीतिक सभा, सम्मेलन, विवाह, भोजका नाममा मानिस जम्मा भए । पछिल्लो समय यहाँ विवाह, व्रतबन्ध, भोजमा जानेहरूले मास्क प्रयोग गर्ने तर त्यहाँबाट फर्किँदा मास्क कता छ भन्ने थाहा नपाउने गरेको देख्न पाइन्छ । अस्पतालमा आउने धेरैजसोले विवाहमा गएको परिवार नै संक्रमित भएको सुनाउँछन् ।

अमेरिकामा विकास गरिएको फाइजर खोपमा नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ ले प्रभाव पारेको हो कि भन्ने कुरा आएको छ । तर, नेपालमा लगाइएको कोभिशिल्ड, भेरोसेल खोपको प्रभावकारितालाई छल्न सक्ने कुरा नयाँ भेरियन्टले कतिको विकास गरेको छ भन्नेबारे यत्तिकै भन्न सकिदैँन ।

संक्रमण किन एक्कासी बढ्यो, यो संक्रमणले बालबालिकालाई किन बढी असर ग¥यो र किन धेरै मानिस अस्पताल जानुपर्ने अवस्था आयो भन्ने प्रश्न पनि खडा भइरहेको थियो । पहिला यसरी संक्रमण फैलिएर अस्पतालमा किन पुगे भन्नेबारे विभिन्न अनुमानमात्र लगाइएको थियो । तर अहिले नमुना परीक्षण कम किन नहोस्, तर जति पनि परीक्षण गरिएको छ, अधिकांशमा नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ बढी देखिएको छ, यो राम्रो संकेत होइन । 

नयाँ भेरियन्टले खोपको प्रभावकारितालाई घटाउँछ ?

हाल देखिएको नयाँ भेरियन्टले विश्वमा कोरोनाविरुद्ध विकास भइरहेको खोपको क्षमतालाई प्रभाव पार्छ कि पार्दैन भन्ने अध्ययनको विषय हो । भाइरसको थप म्युटेसन हुँदै गयो भने हामीले लगाएका खोपलाई चुनौनी दिन सक्छ ।

अमेरिकामा विकास गरिएको फाइजर खोपमा नयाँ भेरियन्ट ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ ले प्रभाव पारेको हो कि भन्ने कुरा आएको छ । तर, नेपालमा लगाइएको कोभिशिल्ड, भेरोसेल खोपको प्रभावकारितालाई छल्न सक्ने कुरा नयाँ भेरियन्टले कतिको विकास गरेको छ भन्नेबारे यत्तिकै भन्न सकिदैँन ।

तर पनि सामान्य भाषामा भन्दा भाइरसले स्वरुप परिवर्तन गर्दै निरन्तर रुपमा म्युटेन्ट परिर्वतन हुँदै गयो भने पक्कै पनि हामीले खोपको प्रभावकारिता दिन प्रतिदिन धेरै खस्कन सक्ने सम्भावना रहन्छ ।

यद्यपि, अहिले नै कडा खालको लक्षण देखिने, खोपको क्षमताको प्रभावकारीता चुनौती अहिलेका लागि कम होला तर आगामी दिनमा थप म्युटेसन हुँदै गएमा कोरोनाविरुद्धको खोपको प्रभावतारीता कम हुन सक्छ । यस्तो अवस्थामा भाइरसको परिवर्तित रुप अनुसार खोप तयार पार्ने काम गरिन्छ । भविष्यमा कोरोनाविरुद्धको खोप पनि अत्यावधिक भएर आउने सम्भावना छ । सधैँ यही खालको खोप लगाइरहँदा यसको प्रभावकारीता यही अवस्थामा रहिरहन नसक्ने सम्भावना हुन सक्छ ।

भविष्यमा खोपको बारेमा हामीले चासो लिनुपर्ने हुन्छ । खोप निर्माताहरुले वा वैज्ञानिकहरुले यसबारेमा सोचिरहेका पनि होलान् । जेनेटिक सिक्‍वेन्सिङ अथवा भाइरसको जिनको बारेमा वा स्वरुप परिवर्तन गरेको कुरा किन थाहा पाउन पर्छ भने यसबाट खोपको बारेमा पूर्वतयारी गर्न पाइन्छ । अथवा थाहा पाइसकेपछि नयाँ भेरियन्टले कति क्षति पुर्याउन सक्छ भनेर त्यही अनुसारको तयारी गर्न सकिन्छ ।

भारतमा अत्याधिक मात्रा संक्रमण फैलियो र धेरै जनाको मृत्यु भयो । किन यस्तो भयो भनेर अध्ययन गर्ने क्रममा ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ घातक रहेको पत्ता लाग्यो ।

नयाँ भेरियन्ट सबै उमेर समूहलाई सर्छ ?

नयाँ भेरियन्ट सबै उमेर समूहमा संक्रमण भएको पाइएको छ ।  यो ‘भेरियन्ट अफ कन्सर्नक्याटेगोरीमा सबै उमेर समूहका मानिसमा संक्रमण भएको देखिन्छ । नमुना धेरै त परीक्षण गरिएको छैन तर जति परीक्षण गरिएको छ, त्यसको आधारमा संकेत गरिएको छ ।

भारतमा अत्याधिक मात्रा संक्रमण फैलियो र धेरै जनाको मृत्यु भयो । किन यस्तो भयो भनेर अध्ययन गर्ने क्रममा ‘बी १.६१७.१’ भन्दा ‘बी १.६१७.२’ घातक रहेको पत्ता लाग्यो । भाइरसले धेरै स्वरुप परिवर्तन गर्छ । स्वरुप परिवर्तन गरेकामध्ये केही भाइरसले नकारात्मक प्रभाव बढी पारेपछि अध्ययनका क्रममा यो थाहा भएको हो । अहिले ब्राजिलियन, युके, दक्षिण अफ्रिकीसँगै पछिल्लो समय भारतीय भेरियन्ट र त्यसका उपप्रजाति पत्ता लागेको छ । विश्वमा यिनै भाइरसले तहल्का मच्चाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप