बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भो बुटवल–पाल्पा सिद्धबाबा सुरुङ मार्ग, सरकारद्वारा ग्लोबल टेन्डर आह्वान

आइतबार, ०९ जेठ २०७८, ११ : १६
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समय देखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहेपनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो । 

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । 

मन्त्रालयको यो टेन्डर खुलेसँगै मृत्यु मार्गले समेत परिचित बन्न पुगेको बुटवल–पाल्पा, सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङ बन्ने निश्चित भएको छ ।

गत बर्ष अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

सुरुङमार्गको लागि निरन्तर प्रयत्न गर्दै आएका अर्थमन्त्री बिष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्यु भएको भन्दै खुसी ब्यक्त गरेका छन् । 

उनले अब सुरुङमार्ग बनाउने कामको मुखमा पुगेको र अन्तर्राष्टिय स्तरका निर्माण व्यवसायीहरुको सहभागितामा सुरुङ निर्माण कार्य अगाडि बढाइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप