जो बाइडेन किम जोङसँग भेट्न तयार तर राखे यस्तो शर्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाली शासक किम जोङ उनसँग भेटघाटका लागि तयार भएको तर छलफल परमाणु कार्यक्रमको विषयमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई–इनबीच भएको द्वीपक्षीय वार्तापछि बाइडेनले कोरियाली प्रायद्वीप परमाणु हतियार मुक्त रहनुपर्नेमा आफ्नो चाहना भएको बताएका छन् । यद्यपि, उनीहरुले परमाणु कार्यक्रम छोड्नका लागि उत्तर कोरियालाई मनाउन मुश्किल हुने पनि बताएका छन् ।
यी दुई नेताबीच उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण पैदा भएको खतरा र पूर्वी एशियामा चीनको बढ्दो प्रभुत्वको विषयमा चर्चा भयो ।
छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जो बाइडेनले कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निसस्त्रीकरण गर्नु आफ्नो उद्देश्य भएकामे बताएका छन् ।
उनले आफू किम जोङ उनसँग भेटघाट गर्न तयार भएको तर उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमबारे कुरा गर्नका लागि तयार हुनुपर्ने बताएका छन् ।
उनले भने, ‘यदि कुराकानीका लागि प्रतिबद्धता छ भने म किम जोङ उनलाई भेट्न तयार छु । र यो प्रतिबद्धता परमाणु हतियारमाथि चर्चाको हुनुपर्छ ।’
उनले भने, ‘म त्यस्तो केही पनि गर्दिनँ जुन पहिले नै भइसकेको छ । म उनलाई त्यो दिन्नँ जो उनी चाहन्छन् जस्तै अन्तरराष्ट्रिय स्तरमा उनको कार्यक्रमलाई स्वीकृति ।’
जो बाइडेन राष्ट्रपति भएपछि मूल जेई–इन दोस्रो विदेशी राष्ट्राध्यक्ष हुन् जसलाई ह्वाइट हाउसमा आमन्त्रित गरिएको छ । यसअघि यसै वर्ष अप्रिलमा जापानका प्रधानमन्त्री योशिहिले सूगा पनि राष्ट्रपति बाइडेनलाई भेट्न ह्वाइट हाउस पुगेका थिए ।
ह्वाइट हाउसका अनुसार यो दुई भेटघाटले यो कुरालाई संकेत गर्छ कि अमेरिका पूर्वी–एशियाका देशसँग राम्रो सम्बन्धको चाहना राख्छ ।
यसअघि यसै वर्ष मार्चमा ह्वाइट हाउसले बाइडेनको किम जोङ उनलाई भेट्ने कुनै सोच नभएको बताएको थियो ।
यस्तै, कुराकानीपछि मून जेई इनले भने, ‘कोरियाली प्रायद्वीपमा स्थायी शान्तिका लागि उत्तर र दक्षिण कोरियाबीच प्रतिबद्धतामाथि आधारित कुराकानी अघि बढाउन आवश्यक छ । साथै अमेरिका र उत्तर कोरियाबीच पनि कुराकानी अघि बढाउन आवश्यक छ ।’
‘उत्तर र दक्षिण कोरियाबीच संवाद बढाउने विषयमा अमेरिकी राष्ट्रपतिको समर्थन छ । अमेरिकासँग मिलेर दक्षिण कोरिया संवाद र कूटनीतिको माध्यमले उत्तर कोरियासँग कुराकानी अघि बढाउने पूरा कोसिस गर्नेछ ।’
‘हामीलाई आशा छ कि उत्तर र दक्षिण कोरियाबीच र उत्तर र अमेरिकाबीच भोलिको समयमा संवाद बढ्नेछ । हामीलाई यो पनि आशा छ कि उत्तर कोरियाबाट हामीले सकारात्मक प्रतिक्रिया पाउनेछौं ।’
बाइडेन अघि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोङ उनसँग तीनपटक भेटघाट गरेका थिए ।