शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

आइतबार, ०९ जेठ २०७८, ०८ : ४०
आइतबार, ०९ जेठ २०७८

लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । 

भिमदत्त–६ ऐठपुर घर भएका औजीको साथबाट ९ दशमलव ४२ ग्राम  खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप