शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बिक्न थाल्यो कुखुराका लागि धुलो दूध

आइतबार, ०९ जेठ २०७८, ०७ : २३
आइतबार, ०९ जेठ २०७८

कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । 

दुग्ध  विकास  संस्थान  (डीडीसी)का  बजार  व्यवस्थापन  प्रमुख  सञ्जीव झाले  एउटा  कम्पनीले  डीडीसी बाट  तीन  हजार  केजी  धुलो  दूध  खरिद  गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ ।” 

अहिले  अर्डर  गरेअनुसार  तीन  हजार  केजी  धुलो  दूधलाई  एक/एक केजीको पोका बनाउने काम भइरहेको छ । सोमबार वा मङ्गलबार उक्त दूध लैजाने तय भएको उनले जानकारी दिए । 

राष्ट्रिय  दुग्ध  विकास  बोर्डका  कार्यकारी  निर्देशक  डा.राजेन्द्र  यादवले किसान र उद्योगीको समस्या समाधान गर्न कुखुरा व्यवसायीले धुलो खरिदको प्रक्रिया सुरु गरेको जानकारी शुक्रबार आयोजित एक कार्यक्रममा दिएका थिए । 

दूध  बिक्रीका  लागि  अन्य  बजारको  पनि  खोजी  भइरहेको  उनले बताए हाल नेपाली बजारमा कुखुराका लागि दाना र खोपमा दैनिक २७ सय मेट्रिक टनभन्दा बढी धुलो दूध खपत हुँदै आएको छ । उक्त माग आन्तरिक बजारबाटै  धान्न  र  दूध  किसानको  भुक्तान  दिन स्वदेशी  नै  धुलो  दूधको प्रयोगका लागि आग्रह गरिएको थियाे । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप