बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज आइतबार तपाईंको दिन कस्तो रहला ?

आइतबार, ०९ जेठ २०७८, ०६ : २२
आइतबार, ०९ जेठ २०७८

विसं २०७८ साल जेठ ०९ गते आइतबार । इस्वी सन् २०२१ मे २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–द्वादशी, ४८ घडी ३३ पला,  रातको ०२ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– हस्त, ०९ घडी ३४ पला,  बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त चित्रा । योग– सिद्धि,  १७ घडी ५६ पला,  दिउँसो ०२ बजेर २४ मिनेट उप्रान्त व्यातिपात । करण– बव,  दिउँसो ०१ बजेर ४४ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या, बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त तुला । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी ५९ पला । वैष्णवहरूको मोहिनी एकादशीव्रत, कोकाकौशिकी सङ्गममा मत्स्यदर्शन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा शत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पदप्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग बसेर दिन व्यातित गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पहिलेका कमिकमजोरीहरूलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपार्ईंकै पक्षमा आउनेछन् । पढाइलेखाइमा मन जाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै काम गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले काम समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरू टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एकअर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।
 
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ, समयमा काम सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैङ्किङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुनेहुँदा मन प्रसन्न रहनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा ध्यान जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
आफूले पाएको अधिकारलाई भरपूर प्रयोग गरी उपलब्धिमूलक काम गर्न सकिनेछ । आफ्नो संस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरूभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा मायाप्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ,  सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । मायाप्रेममा एकअर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइलेखाइ प्रगति पथमा अगाडि बढ्ने हुँदा मन प्रसन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप