अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो
अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकन स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हालसम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ ।
हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन ।
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको छ । अमेरिकाको कूल संख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भै सकेको सरकारी अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ बनाउँदा एक जनाको मृत्यु, २ जना घाइते
-
लक्ष्मी ग्रुपको ५१औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम
-
जीबी राईसहित १९ विरुद्ध दोस्रो मुद्दा दर्ता, रवि विरुद्ध आइतबार मात्र
-
शिक्षण अस्पताल नजिकै फेला परेको प्रेसर कुकर बम डिस्पोज
-
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दुई चरणमा हुने
-
भुटानको यू–१६ महिला टोलीसँग हार्यो नेपाली टोली