शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

शनिबार, ०८ जेठ २०७८, १८ : ५१
शनिबार, ०८ जेठ २०७८

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । 

उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन् । 

आज बसेको स्थायी समिति बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । उनीहरुलाई साेमबार बिहानसम्मको समय दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप