मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेगनास तालमा एक युवक मृत अवस्थामा भेटिए

शनिबार, ०८ जेठ २०७८, १८ : २८
शनिबार, ०८ जेठ २०७८

पोखरा । पोखराको बेगनास तालमा एक युवा मृत अवस्थामा भेटिएका छन् । शनिबार पोखरा महानगरपालिका –२६ जलधारेका ३१ वर्षीय निराजन ढुंगाना वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार पनि बेगनास तालमा पोखरा–२७ पण्डित थरका ४२ वर्षीय राजुप्रसाद भुर्तेल मृत अवस्थामा फेला परेका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारीअनुसार निराजन शुक्रबार दिउँसो स्कुटरमा विना सूचना घरबाट निस्किएका थिए । राती बेलासम्म घर नफर्किए पछि परिवारले उनको खोजी गरेको थियो ।
रातभरि उनी गएको हुनसक्ने ठाउँहरुमा खोजी गर्दा समेत नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता भएको सूचना पछि प्रहरीले खोजी गर्नेक्रममा उनी वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्यु के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप