
ADVERTISEMENT
कुनै दिन त कोरोना घटी जानेछ
त्रासको कालो बादल हटी जानेछ ।
खुल्ला हावामा खेल्न अनि घुम्न पाइनेछ
सृष्टिको सुन्दरता चुम्न पाइने छ ।
समानताको पाठ अनि मानवताको धर्म
सिक्दैछ मानिस हेर परोपकारी कर्म ।
चेतनाको फल अनि एकताको बल
स्वस्थ जीवन रहेछ यो विपत्तिको हल ।
घाउ भए पनि यहाँ मलम त छ नि
प्यास भए पनि यहाँ छ है इनार पनि ।
अनुशासित, कर्मवीर बास्ना मगमग,
संयम अपनाऔँ कर्म गरौँ जीवन जगमग ।
आयाम गौतम
कक्षा–६
ललितपुर माध्यमिक विद्यालय, लगनखेल
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ