शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेती अस्पतालमा परीक्षण : ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ०८ जेठ २०७८, १५ : २५
शनिबार, ०८ जेठ २०७८

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप  ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ नमुनाको परीक्षण गर्दा  ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो  । 

परीक्षणमा  ४ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।  । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना संक्रमणबाट हालसम्म निको हुने बिरामीको संख्या ८ सय १५ रहेको छ भने उपचाररत बिरामीको संख्या १ सय ३ रहेको उनले बताए ।

त्यस्तै अहिलेसम्म मृत्यु हुनेको १४५ पुगेको छ  । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ९ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन ।  हालसम्म ९४ हजार ५ सय ६८ जनामा पीसीआर परीक्षण गर्दा १६ हजार २ सय २१ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ । त्यस्तै ७८ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप