बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनमा बादललाई मत नदिने प्रदेशसभा सदस्यसँग स्पष्टीकरण मागियो

शनिबार, ०८ जेठ २०७८, २० : ००
शनिबार, ०८ जेठ २०७८

नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।
बैठकले उनीहरुलाई आइतबार साँझ ५ बजे भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । 

स्पष्टीकरणमा पर्नेमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहेका छन् । 

निर्धारित समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेश सरकारले हालसम्म कोरोना नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै थप क्रियाशिल भइ प्रदेशमा कोरोना नियन्त्रणमा लाग्न अनुरोध गरेको छ । 

बैठकले कोरोनाका कारण मृत्यु भएका प्रदेशसभा सदस्य पशुपति प्रसाद चौलागाईंको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप