ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल
एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् ।
नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको पनि बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नयाँ सरकार निर्माणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यहरु स्पष्ट बहुमत रहेको यथार्थलाई वेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘ यो प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली जनताले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरी राख्दै राज्य सञ्चालन गर्नुपर्ने संवैधानिक र पदीय मर्यादा विपरित क्रियाकलापकै निरन्तरता हो, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेता नेपालले ओलीको संसद विघटन गर्ने दलहरुलाई फुटाउने र संविधानमाथि आघात पर्ने अलोकतान्त्रिक कदम २०७७ साल बैशाखबाटै सुरु गरेको समेत बताएका छन् ।
अध्यादेश परिवर्तन गरी दलहरूलाई फुटाउने र नेपालको संविधानमाथि आघात गर्ने २०७७ बैशाखबाट सुरु भएको अलोकतान्त्रिक यात्रा पुस ५ मा प्रतिनिधि सभा विघटन, फागुनमा नेकपा विभाजन हुदै जेठ ७ को मध्यराति देशघाती र जनघाती कुकर्मका रुपमा प्रकट गरेको नेता नेपालको भनाइ छ ।
विज्ञप्तिमा नेता नेपालले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको लोकतन्त्र र संविधान विरोधी कदमको निन्दा गर्दै देश, जनता र लोकतन्त्र खतरामा परिरहेको जटिल परिस्थितिमा नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन,पार्टी विधान र लोकतन्त्र पक्षधर नेता, कार्यकर्ता र सदस्य शुभेच्छुकहरुलाई दृढताका साथ एकतावद्ध भइ प्रतिगमनविरुद्ध अघि बढ्न आग्रह गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण