रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ
शनिबार, ०८ जेठ २०७८, १३ : १८
रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।
वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् । वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन