हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर–११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर–९ निवासी ६२ बर्षका पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर–२२ निवासी ४८ बर्षका पुरुष रहेका छन् । उनीहरुको शुक्रबार राति मृत्यु भएको हो ।
त्यस्तै हेटौँडा–११ की ६० बर्षकी महिलाको पनि कोरोनाको कारण आज बिहान मृत्यु भएको हो ।
यससँगै हेटौँडा अस्पतालमा ४३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।