बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्, प्रतिरोध गरौं :  गगन थापा

शनिबार, ०८ जेठ २०७८, ०९ : १६
शनिबार, ०८ जेठ २०७८

नेपाली कांग्रेसका नेता गगन थापाले र राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि आफ्ना भनाई सार्वजनिक गर्दै नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

 महामारीमा समेत  अधर्म गर्न सक्ने देश घाती जोडी यतिमै नरोकिने भन्दै नअलमलिई, खुट्टा नकमाई सचेत नागरिकको साथ राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् । 


उनले भनेका छन्–‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहि र त्यतिमै रोकिने वाला छैनन् ।
नेतागण, नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप