बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

शनिबार, ०८ जेठ २०७८, ०७ : ३६
शनिबार, ०८ जेठ २०७८

कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । 

राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । 

राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । 

कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ । जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने उल्लेख छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप