बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
ज्योतिष कुना

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

शनिबार, ०८ जेठ २०७८, ०५ : ५७
शनिबार, ०८ जेठ २०७८

विसं २०७८ साल जेठ ०८ गते शनिबार । इस्वी सन् २०२१ मे २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–एकादशी, ५३ घडी ५० पला,  रातको ०२ बजेर ४५ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–उत्तराफाल्गुनी, १२ घडी २६ पला,  बिहान १० बजेर १२ मिनेट उप्रान्त हस्त । योग– बज्र,  २४ घडी ३४ पला,  दिउँसो ०३ बजेर ०३ मिनेट उप्रान्त सिद्धि । करण– वणिज,  दिउसो ०३ बजेर ४३ मिनेट उप्रान्त भद्रा, रातको ०२ बजेर ४५ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५७ पला । स्मार्तहरूको,  मोहिनी एकादशी व्रत । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ।

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा अनयासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरू आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेक पाइलामा समर्थन पाइने योग रहेको छ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो)
पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरूलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला, आलोचनाको सिकार हुनुपर्नेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ, ध्यान दिनुहोला ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरूलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरूलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
मायाप्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । परिवारसँगको बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।  दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
लामो सङ्घर्ष पछि मात्र उपलब्धि हात लाग्ने समय रहेकाले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिए मात्र आम्दानी बढाउन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । मायाप्रेममा नजिक भए पनि आत्मीयताको कमी महसुस हुनेछ । आफन्त तथा अग्रजहरूसँग मनमुटाव बढ्ने तथा साथीभाइले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरू बीचमा छोड्नुपर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । तर पनि विदेशमा बसेर काम गर्नेहरूले मनग्य धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ, ख्याल गर्नुहोला ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू)
आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग नपाइने हुँदा मन खिन्न हुनेछ । मायाप्रेममा मनमुटाव बढेर जानेछ भने परिवार तथा सन्तानसँग राय बाजिनेछ । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
गीतसङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल साबित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृढ हुनुको साथै मायाप्रेमको गाँठो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।  मायाप्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
समस्याका खाडलहरू पुर्न अथक प्रयास गर्दागर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेली माइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइलेखाइमा समय दिन नसक्दा गृहकार्यहरू थाँती रहनेछन् । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नीबीच मनमुटाव सिर्जना हुने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवनसाथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलाशी वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप