बेलायतमा २ हजार ८ सय संक्रमित, ९ जनाको मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा दुई हजार ८२९ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५७ हजार ९२३ पुगेको छ । केहि दिनयता संक्रमण दरमा सामान्य वृद्धि हुदै गइरहेको तथ्यांकले देखाएको छ । हाल बेलायतमा ‘इन्डियन भेरिएन्ट’को संक्रमण दर बढ्दै गएको छ । हालसम्म तीन हजार भन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् ।
यसैगरी बितेको २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७१० पुगेको छ । मृतक संख्यामा भने लगातार कमी देखिएको छ । हाल बेलायतका अस्पतलमा ९१३ जना संक्रमितको उपचार भइरहेको छ भने १२३ जनाको भेन्टिलेटर बेडमा औपचारिक भैरहेको छ ।
बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ३२ हजार रहेको छ भने छ ४२ लाख ९७ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
५ करोड ९१ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि कुल ५ करोड ९१ लाख ७८ हजार ३९७ डोज खोप वितरण भएको छ । जसमध्ये ३ करोड ७५ लाख १८ हजार ६१४ जनाले पहिलो र दुई करोड १६ लाख ५९ हजार ७८३ जनाले खोपको दोस्रो डोज लगाएका छन् ।
हालसम्म कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ५१ हजार नाघेको छ । कोभिड संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ६ लाख २ हजार, ब्राजिलमा ४ लाख ४४ हजार, भारतमा २ लाख ९५ हजार, मेक्सिकोमा २ लाख २१ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २५ हजार, रसियामा १ लाख १७ हजार र फ्रान्समा एक लाख ८ हजारको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’