ओलीलाई गगनको प्रश्न : १५३ जनाको समर्थन थियो भने विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको ?

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु अवैधानिक र अनैतिक भएको दाबी गरेका छन् । एक दिन अघि मात्र प्रधानमन्त्री ओली आफैले विश्वासको मत लिन सक्दिनँ भन्नु तर आज १५३ जनाको समर्थन रहेको दाबी गर्नु फेरि अर्को जालझेल भएको दाबी गरेका हुन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन् :
१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै'म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले'विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको'भन्दै आव्हान गर्ने। अब फेरी जालझेल!
यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ।
महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी