शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

योगेशले भने- जीवनकै सबैभन्दा कठिन दिन आज

शुक्रबार, ०७ जेठ २०७८, २० : ०९
शुक्रबार, ०७ जेठ २०७८

नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् ।  एमालेको माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टराईले भने गरेका थिएनन् । 

उनले एमाले एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका थिए ।  सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप