मुख्यमन्त्री गुरुङको निर्देशन : ‘संरचना, उपकरण र जनशक्तिलाई प्राथमिकतामा राख्नोस्’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार जिम्मेवारी सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहणसँगै गण्डकी प्रदेशका ७३ पालिकालाई स्वास्थ्य पूर्वाधार विकासका लागि पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेका छन् । उनले अहिले मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र भएकाले त्यसको रोकथाम, उपचार र नियन्त्रणका लागि आवश्यक पर्ने थप रकम माग गरे अनुरुप पठाउने निर्णय गरेका छन् ।
मन्त्रालयबाट उपलब्ध गराइएको रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्च गर्न सक्ने व्यवस्था गरिएको छ । मुख्यमन्त्री गुरुङले कोरोना प्रकोपका बीच अहिले देखिएको भेरियन्ट झनै खतरनाक भएको बताउँदै प्रदेशमा स्वास्थ्यको संरचना, उपकरण र जनशक्तिलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
उनले प्रदेश सरकारले प्रमुखतामा राखेका तीन प्रमुख विषयलाई पुरा गर्न आफुले संघीय सरकारसँग संयोजन गर्ने बताउँदै तत्काल एक्सनमा जान सम्वन्धित निकायलाई अनुरोध गरेका छन् । उनले कर्मचारीलाई निर्देशन दिदै अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालय स्मार्ट बन्नुको विकल्प नरहेको बताउँदै अब तत्कालै दीर्घकालिन सोच सहित स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरूको सुदृढीकरण गर्ने समेत बताए । उनले दोस्रो र तेस्रो लहरको कोभिड १९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिनुपर्नेमा जोड दिए । उनले स्थानीयस्तरमा सहज रुपमा कोभिडका बिरामीको उपचार हुनुपर्ने बताए । ‘कोभिड संक्रमण तीव्ररूपमा बृद्धि भएको छ, स्थानिय स्तरमै संक्रमितको उपचार सहज रुपमा हुनेगरी मन्त्रालयले कार्ययोजना अगाडि बढाउनुपर्छ’ उनले भने । ‘संक्रमितको जीवन रक्षाका लागि मनोवैज्ञानिक सहितका उपचार गर्नुपर्छ ।’ मुख्यमन्त्री गुरुङले खोप खरिद गर्ने, भण्डारण गर्ने र गाउँगाउँसम्म खोप पु¥याउने काममा लाग्न कर्मचारीलाई निर्देशन दिए ।
उनले वैज्ञानिक ढंगले जनस्वास्थ्यको पुनर्संरचना गर्न आवश्यक भएको बताए । ‘अब, अक्सिजन प्लान्ट हरु स्थापना गर्नुपर्छ, संक्रमितको पीसीआर रिपोर्ट २४ घण्टाभित्र उपलब्ध गराउने गरी जनशक्तिको ब्यवस्थापन गर्ने तर्फ लाग्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने । ‘होम आइसोलेसनमा बसेकालाई परामर्श र मेडिकल कीटहरु उपलब्ध गराउनुपर्छ ।’
मुख्यमन्त्री गुरुङले कोभिड १९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरू र पालिकाहरुसँग समन्वय गर्न आवश्यक भएको बताए । उनले प्राविधिक कर्मचारीलाई प्रोत्साहन गर्ने गरी योजना बनाउन आग्रह गर्दै यो संकटको बेला भएकाले सवैले सहकार्य र समन्वय गर्नु पर्ने बताए । ब्रिफिङमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश प्रमुख डा.विनोद विन्दु शर्मालगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख