बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाका बिरामीलाई रेम्डेसिभिर प्रयोग नगर्न डब्लुएचओको आग्रह, नेपालमा भने उत्पादनका लागि अनुमति

शुक्रबार, ०७ जेठ २०७८, १७ : ४४
शुक्रबार, ०७ जेठ २०७८

विश्व स्वास्थ्य संगठनले कोभिड—१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ ।

नेपाल लगायतका विभिन्न देशमा कोभिडका गम्भिर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको छ । आपतकालीन अवस्थामा प्रयोग हुँदै आएको रेम्डेसिभिर औषधि डब्लूएचओले औषधी सूचीबाट हटाएको हो ।

केही समय अघिदेखि नै  कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओले आग्रह गर्दै आएको थियो । विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीलाई आपतकालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएपनि हाल कोरोना उपचारको औषधिको सूचीबाट हटाएको हो ।

विश्व स्वास्थ्य संगठनले कोभिड बिरामीका लागि रेम्डेसिभिर औषधिले काम नगर्ने भनिरहँदा नेपालमा भने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन गर्न लागिएको हो । औषधि व्यवस्था विभागले रेम्डेसिभिर औषधी उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयर अनुमति दिएको छ ।

औषधी उत्पादनका लािग अनुमती दिएपनि बजारमा बिक्रिका लागि विभागले अनुमति दिएको छैन । नेपालमा कोरोना संक्रमित बढेसँगै रेम्डेसिभिर औषधीको माग बढ्दो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप