बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१२ तस्विरमा हेर्नुहोस् काङ्ग्रेस र गच्छदारको ‘भावुक’ पुनर्मिलन

सोमबार, ३० असोज २०७४, १४ : ५९
सोमबार, ३० असोज २०७४

काठमाडौँ । सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण भएको छ । 

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच पार्टी एकीकरण भएको घोषणा गरेका हुन् । 

पार्टी एकीकरण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गच्छदारको पार्टी प्रवेशसँगै काँग्रेस एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे । उनले गच्छदार सधैं काँग्रेस नेता भएको स्मरण गर्दै गच्छदार नेतृत्वको पार्टीसँग एकीकरण गर्न पाएकोमा आफू खुसी भएको पनि उल्लेख गरे ।

१० वर्ष पछि पुनः काँग्रेसका फर्केका गच्छदारले आफूले रगत र पसिना बगाएको पार्टीमा फर्कन पाउँदा गौरवको अनुभूति भएको भन्दै भावुक बने । उपप्रधानमन्त्री समेत रहेका उनले लोकतन्त्रको रक्षा गर्न पनि आफू नेतृत्वको पार्टी नेपाल लोकतान्त्रिक फोरम र काँग्रेसबीच एकीकरण गर्न सम्भव भएको पनि स्पष्ट पारे ।

एकीकरण कार्यक्रममा गच्छदार भावुक देखिएका थिए । उनले आँखाबाट आँशु थाम्ने प्रयास गरिरहेका थिए ।

तराई मधेशलाई हेर्ने दृष्टिकोणलाई लिएर असहमति जनाउँदै गच्छदारले २०६४ साल माघ १८ गते काँगे्रेस परित्याग गरेका थिए । त्यसयताका सबै निर्वाचनमा निर्वाचित भएका उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह समेत गरेका थिए । एमाले, माओवादी केन्द्रसहितका कम्युनिष्टहरुबीच गठबन्धन गर्ने निर्णय गरेपछि लोकतन्त्रको सुदृढिकरणका लागि भन्दै दुई दलबीच पार्टी एकीकरण सम्भव भएको हो ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको सदृढिकरण लागि २ पार्टीबीच एकता भएको घोषणा गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप