लेडी गागाले रुँदै भनिन्- ‘१९ वर्षमै बलात्कार गरे, गर्भवती भएँ’

एजेन्सी । अमेरिकी गायिका लेडी गागाले बलात्कारको शिकार भएर आफु गर्भवती बनेको खुलासा गरेकी छिन् । बलात्कारको शिकार हुँदा उनी १९ वर्षकी थिइन् र एक संगीत प्रोड्युसरले यस्तो अपराध गरेका थिए । कपडा खोल्न नमाने म्युजिक एल्बमहरू नै जलाइदिने चेतावनी ती प्रोड्युसरले दिएका थिए । ‘उनले बलात्कारपछि कुनामा लगेर छाडे, म वान्ता गरिरहेको थिएँ र बिरामी थिए ।’
वर्षौंपछि यस चोटका कारण आफुमा पूर्णत मानसिक समस्यामा देखिएको उनले बताइन् । यस पीडाबाट मुक्त हुन आफुलाई धेरै समय लागेको उनले बताइन् । ‘म त्यसपछि पहिलेजस्तो केटी रहिन । मैले धेरै एमआरआई र स्क्यानहरु गरे । तर एकपटक दुर्व्यवहार भएपछि शारीरिक र मानसिक रुपमा ठूलो पीडा हुने रहेछ,’ उनले भनिन् ।
यद्यपि लामो प्रयासपछि आफुलाई सम्हाल्न सिकेको र बिस्तारै परिवर्तित भएको उनले बताइन् । ३५ वर्षीय गागाको वास्तविक नाम स्टेफानी जेर्मानोट्टा हो । ओप्रह विन्फ्रे र प्रिन्स ह्यारीको न्यु एप्पलस प्लस सिरिज ‘द मि यु कान्ट सी’ को पहिलो एपिसोडमा गागाले यस्तो खुलासा गरेकी हुन् ।
आफूमाथि भएको दुर्व्यवहारका विषयमा बताइरहँदा उनी रोएकी थिइन् । आफ्नो संगीत करियरको सुरुवातमा यस्तो नमिठो घटना भएको थियो । लेडी गागा विश्वमा सबैभन्दा धेरै रुचाइएकी गायिकामध्ये पर्छिन् । उनले १२ पटक ग्रेमी अवार्ड जितिसकेकी छिन् भने गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा पनि थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही